घट्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । नेपाली बजारमा लगातार बढी रहेको सुनचाँदीको मूल्य मंगलबार भने घटेको छ । मंगलबार छापावाल सुन तोलाको ६ सय रुपैयाँले घटेको छ ।

मंगलबार तोलामा ६ सयले घटेर छापावाल सुन मूल्य प्रतितोला ९९ हजार ३ सय रुपैयाँ कायम भई कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।सोमबार छापावाल सुन तोलाको ९९ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियोे ।

महासंघका अनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला  ९८ हजार ८ सय रुपैयाँमा काराेबार भइरहेको छ । तेजाबी सुनको मूल्य सोमबार प्रतितोला ९९ हजार ४ रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा आज प्रतितोला ३५ रुपैयाँले घटेर आज १ हजार ३ सय ५० रुपैयाँ पुगेको महासंघले जनाएको छ ।

You might also like

Comments are closed.