सोमबार सुनको मूल्य पुनः ३ सयले बढ्यो, तोलाको कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । नेपाली बजारमा हाल सुनचाँदीको मूल्यमा एकदमै उतार चढाव आइरहेको छ । पछिल्लो समयमा सुनको मूल्यले बजारमा नेटो काटिरहेको छ । माघ महिना नेपाली समाजमा लगनको महिना मानिन्छ ।

तर यस महिना सुनको मूल्य लगातार उकालो लागि रहेको छ । आइतबार तोलामा २ सयले बढेको छापावाल सुन सोमबार पनि पुनः ३ सय रुपैयाँले बढेको छ ।

सोमबार तोलामा ३ सय रुपैयाँले बढेसँगै छापावाल सुनको मूल्य प्रतितोला १ लाख ६ हजार ३ सय रुपैयाँ कायम भई कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । आइतबार छापावाल सुन तोलाको १ लाख ६ हजार रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, नेपाल सुनचाँदी व्यवसायी महासंले सार्वजनिक गरेको विवरण अनुसार आइतबार तेजाबी सुनको मूल्य प्रतितोला १ लाख ५ हजार ८ सय रुपैयाँ कायम भई करोबार भइरहेको छ ।

त्यसैगरी, सोमबार चाँदीको मूल्य स्थिर रहेको छ । आइतबार तोलाको तोलाको १ हजार ३ सय ६५ रुपैयाँमा कारोबार भएको चाँदी सोमबार पनि सोही मूल्य कायम भई कारोबार भइरहेको महासंघले जनाएको छ । लगातार सुनको मूल्यबढेपछि सुन किन्ने ग्राहक मर्कामा परेका छन् । सुनचाँदी व्यवसायीका अनुसार पछिल्लो समयमा नयाँ गहना किन्ने भन्दा पनि भएको पुरानो गहना बेच्ने ग्राहक बढ्दो छ । पछिल्लो समयमा सुन मूल्य सर्वधारण व्यक्तिको पहुँच भन्दा बाहिर बन्दैगएको छ ।

You might also like

Comments are closed.