फेरि बढ्यो अमेरिकी डलरको मूल्य, कुन देशको पैसा कतिमा हुँदैछ कारोबार ?

काठमाडौं ।  सोमबार स्थिर रहेको अमेरिकी डलरको मूल्य मंगलबार भने बढेको छ । युरो र अष्ट्रेलियन, डलर, साउदी अरेवियन रियाल,कतारी रियाल,कुवेती दिनार,बहराइन दिनारको मूल्य बढेको छ । समग्रमा मंगलबार विदेशी मुद्रा विनिमय दर हेर्दा धरैजसो देशको मुद्राको मूल्य बढेको देखिन्छ ।

नेपाल राष्ट्र बैंकले मंगलबारको लागि सार्वजनिक गरेको विदेशी मुद्रा विनिमयदर अनुसार अमेरिकी १ डलरको खरिददर १३२रुपैयाँ ०७ पैसा र विक्रीदर १३२ पैसा ६७ पैसा रहेको छ । विश्व बजारमा मंगलबार अमेरिकी डलरको मूल्य फेरि उच्च बन्दै गएको छ । जसको कारण नेपाली पैसा विश्वमा कमजोर देखिएको छ । सोमबार अमेरिकी १ डलरको खरिद १३० रुपैयाँ ६३ पैसा र विक्री १३१ पैसा २३ पैसामा कारोबार भएको थियो ।

त्यस्तै, मंगलबार १ युरोको खरिद दर १४२ रूपैयाँ १५ पैसा र बिक्रीदर १४२ रूपैयाँ ७९ पैसा, अष्ट्रेलियन डलरको खरिद दर ९१ रूपैयाँ र बिक्रीदर ९१ रूपैयाँ ४१ राष्ट्र बैंकले कायम गरेको छ । मंगलबार युरो र अष्ट्रेलियन डलरको मूल्य पनि पुनः बढेको छ ।

jutta mela

यस्तै, मंगलबार जापानिज येन १० को खरिद मूल्य ९ रुपैयाँ ९८ पैसाँ र बिक्री मूल्य १० रुपैयाँ ०३ , साउदी अरेवियन रियालको खरिददर ३५ रूपैयाँ २० पैसा र बिक्री दर ३५रूपैयाँ ३६ पैसा , कतारी रियाल एकको खरिद दर ३६ रूपैयाँ २४ पैसा र बिक्री दर ३६ रूपैयाँ ४० पैसा र मलेसियन रिंगिट एकको खरिद दर ३१ रूपैयाँ ०२पैसा र बिक्री दर ३१ रूपैयाँ ८१ पैसा राष्ट्र बैंकले तोकेको छ ।

त्यसैगरी, कुवेती दिनार एकको खरिदमूल्य ४३१ रुपैयाँ ९३ पैसा र बिक्री मूल्य ४३३ रुपैयाँ ८९ पैसा, बहराइन दिनार एकको खरिददर ३५० रुपैया ३४ पैसा र बिक्रीदर ३५१ रुपैयाँ ९३ पैसा राष्ट्र बैंकले तोकेको छ ।

You might also like

Comments are closed.