आज सुनचाँदीको मूल्य स्थिर, तोलाको कतिमा हुँदैछ किनबेच ?

काठमाडौं । नेपाली बजारमा सुनको मूल्यमा उतारचढाव कायमै रहको छ । मंगलबार सुनचाँदी दुबैको मूल्य स्थिर रहेको छ । सोमबार तोलामा ५ सयले बढेको सुनको मूल्य मंगलबार भने स्थिर रहेको हो ।

सोमबार प्रतितोला १ लाख ४ हजार ६ सयमा कारोबार भएको छापावाल सुन मंगलबार पनि सोही मूल्य कायमै भई कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस्तै, सोमबार प्रतितोला १ लाख ४ हजार १ सय रुपैयाँमा कारोबार भएको तेजाबी सुन मंगलबार पनि सोही मूल्य कायमै भई कारोबार भइरहेको महासंघले जनाएको छ ।

jutta mela

त्यसैगरी, सोमबार स्थिर रहको चाँदी मंगलबार पनि पुनः स्थिर रहको छ । सोमबार प्रतितोला १ हजार ३ सय २० रुपैयाँमा कारोबार भएको चाँदी मंगलबार पनि सोही मूल्य कायमै भई कारोबार भइरहेको महासंघले जनाएको छ ।

 

You might also like

Comments are closed.