तोलामा २ सयले बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । मंगलबार स्थिर रहेको सुनको मूल्य बुधबार भने सामान्य बढेको छ । बुधबार सुन तोलामा २ सय रुपैयाँले बढेको छ ।

तोलामा २ सय रुपैयाँले बढेसँगै बुधबार छापावाल सुन प्रतितोला १ लाख ४ हजार ८ सय रुपैयाँ कायम भई कारोबार भइरहको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । मंगलबार छापावाल सुन प्रतितोला १ लाख ४ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, आज तेजाबी सुन प्रतितोला १ लाख ४ हजार ३ सय रुपैयाँ कायम भई कारोबार भइरहेको महासंघले जनाएको छ । मंगलबार तेजाबी सुन प्रतितोला १ लाख ४ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो ।

, बुधबार चाँदी तोलामा  ५ रुपैयाँले घटेको छ । तोलामा ५ रुपैयाँले घटेसँगै आज चाँदी प्रतितोला १ हजार ३ सय १५ रुपैयाँ कायम भई कारोबार भइरहेको महासंघले जनाएको छ । हिजो चाँदी तोलाको १ हजार ३ सय २० रुपैयाँमा कारोबार भएको थियो ।

You might also like

Comments are closed.