एकैदिन १ हजार ३ सयले घट्यो सुनको मूल्य, तोलाको कतिमा हुँदैछ कारोबार ?

काठमाडौं ।  साताको अन्तिम कारोबार दिन शुक्रबार दिन सुनचाँदी दुवैको मूल्य घटेको छ । लगातार बढेको सुन शुक्रबार भने तोलामा एकैदिन १ हजार ३ सय रुपैयाँले घटेको छ ।

तोलामा १ हजार ३ सय रुपैयाँले घटेसँगै शुक्रबार छापावाल सुन प्रतितोला १ लाख ३ हजार ६ सय रुपैयाँ कायम भई कारोबार भइरहेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । बिहीबार छापावाल सुन प्रतितोला १ लाख ४ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, आज तेजाबी सुन प्रतितोला १ लाख ३ हजार १ सय रुपैयाँ कायम भई कारोबार भइरहेको महासंघले जनाएको छ । बिहीबार तेजाबी सुन प्रतितोला १ लाख ४ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यसैगरी, शुक्रबार चाँदी तोलामा ३० रुपैयाँले घटेको छ । तोलामा ३० रुपैयाँले घटेसँगै आज चाँदी प्रतितोला १ हजार २ सय ९० रुपैयाँ कायम भई कारोबार भइरहेको महासंघले जनाएको छ । हिजो चाँदी तोलाको १ हजार ३ सय २० रुपैयाँमा कारोबार भएको थियो ।

You might also like

Comments are closed.