काठमाडौं । नेपाली बजारमा साताको पहिलो कारोबार दिन आइतबार सुनचाँदीको मूल्य बढेको छ । आइतबार छापावाल सुन तोलामा ४ सय रुपैयाँले बढेको हाे ।
तोलामा ४ रुपैयाँले बढेसँगै आइतबार छापावाल सुन प्रतितोला १ लाख ४ हजाररुपैयाँ कायम भई कारोबार भइरहेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । शुक्रबार छापावाल सुन प्रतितोला १ लाख ३ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो । शुक्रबारको तुलनामा आइतबार ४ सय रुपैयाँले बढेको हो ।पछिल्लो समयमा नेपाली बजारमा सुनचाँदीको मूल्यमा एकदमै उतारचढाव आइरहेको छ ।
त्यस्तै, आइतबार तेजाबी सुन प्रतितोला १ लाख ३ हजार ५ सय रुपैयाँ कायम भई कारोबार भइरहेको महासंघले जनाएको छ ।
त्यसैगरी, आइतबार चाँदी तोलामा ५ रुपैयाँले बढेको छ । तोलामा ५ रुपैयाँले बढेसँगै आज चाँदी प्रतितोला १ हजार २ सय ९५ रुपैयाँ कायम भई कारोबार भइरहेको महासंघले जनाएको छ । शुक्रबार चाँदी तोलाको १ हजार २ सय ९० रुपैयाँमा कारोबार भएको थियो ।
Comments are closed.