सोमबार सुनचाँदीको मूल्य स्थिर, तोलाको कतिमा हुँदैछ किनबेच?

काठमाडौं । नेपाली बजारमा सोमबार सुनचाँदीको मूल्य स्थिर रहेको छ । आइतबार तोलामा ४ सय रुपैयाँले बढे सुनको मूल्य सोमबार भने स्थिर रहेको हो ।

आइतबार प्रतितोला १ लाख ४ हजार रुपैयाँमा कारोबार भएको छापावाल सुन सोमबार पनि सोही मूल्य कायमै भई कारोबार भइरहेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै, आइतबारप्रतितोला १ लाख ३ हजार ५ सय रुपैयाँमा कारोबार भएको तेजाबी सुन सोमबार पनि सोही मूल्य कायमै भइरहेको महासंघले जनाएको छ ।

त्यसैगरी, आइतबार प्रतितोला १ हजार २ सय ९५ रुपैयाँमा कारोबार भएको चाँदी सोमबार पनि सोही मूल्य कायमै भई कारोबार भइरहेको महासंघले जनाएको छ ।

You might also like

Comments are closed.