काठमाडौं । पछिल्लो समयमा नेपाली बजारमा सुनचाँदीको मूल्य लगातार गिरावट आएको छ । मंगलबारदेखि लगातार घटेको सुनको मूल्य बिहीबार पनि पुनः तोलामा ६ सय रुपैयाँले घटेको छ ।
तोलामा ६ सय रुपैयाँले घटेसँगै बिहीबार छापावाल सुन प्रतितोला १ लाख ३ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । बुधबार छापावाल सुन तोलाको १ लाख ३ हजार ६ सय रुपैयाँमा करोबार भएको थियो ।
त्यस्तै, बिहीबार तेजाबी सुन प्रतितोला १ लाख २ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । त्यस्तै, बुधबार बढेको चाँदी बिहीबार भने तोलामा १० रुपैयाँले घटेको छ ।
आज चाँदी तोलामा १० रुपैयाँले घटी तोलाको १ हजार २ सय ८५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । हिजो चाँदी तोलाको १ हजार २ सय ९५ रुपैयाँमा कारोबार भएको थियो।
Comments are closed.