लगातार घट्दै सुनचाँदीको मूल्य, तोलाको कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । पछिल्लो समयमा नेपाली बजारमा सुनचाँदीको मूल्य लगातार घटिरहेको छ । मंगलबारदेखि लगातार घटेको सुनको मूल्य शुक्रबार पनि पुनः घटेको छ ।शुक्रबार छापावाल सन प्रतितोला ५ सय रुपैयाँले घटेको छ ।

तोलामा ५ सय रुपैयाँले घटेसँगै शुक्रबार छापावाल सुन प्रतितोला १ लाख २ हजार ५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । बिहीबार छापावाल सुन तोलाको १ लाख ३ हजार रुपैयाँमा करोबार भएको थियो ।

त्यस्तै, शुक्रबार तेजाबी सुन प्रतितोला १ लाख २ हजार रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । त्यस्तै, चाँदी पनि शुक्रबार तोलामा तोलामा १० रुपैयाँले घटेको छ ।

आज चाँदी तोलामा १० रुपैयाँले घटी तोलाको १ हजार २ सय ७५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । हिजो चाँदी तोलाको १ हजार २ सय ८५रुपैयाँमा कारोबार भएको थियो।

You might also like

Comments are closed.