काठमाडौं । साताको पहिलो कारोबारको दिन आइतबार सुनचाँदीको मूल्य बढेको छ । गत हप्ताको मंगलबारबाट ओरालो लागेको सुनचाँदीको मूल्य आइतबार भने उकालो लागेको हो । आइतबार छापावाल सुन तोलामा ७ सयले बढेको छ ।
तोलामा ७ सय रुपैयाँले बढेसँगै आइतबार छापावाल सुन प्रतितोला १ लाख ३ हजार २ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । शुक्रबार छापावाल सुन तोलाको १ लाख २ हजार ५ रुपैयाँमा करोबार भएको थियो ।
त्यस्तै, आइतबार तेजाबी सुन प्रतितोला १ लाख २ हजार ७ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।त्यस्तै, आज चाँदी तोलामा तोलामा १५ रुपैयाँले बढेको छ ।
आज चाँदी तोलामा १५ रुपैयाँले बढी तोलाको १ हजार २ सय ९० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
Comments are closed.