सोमबार सुनचाँदीको मूल्य स्थिर

काठमाडौं ।  साताको दोस्रो कारोबारको दिन सोमबार सुनचाँदीको मूल्य स्थिर रहेको छ ।

आइतबार प्रतितोला १ लाख ३ हजार २ रुपैयाँमा कारोबार भएको छापावाल सुन सोमबार पनि सोही मूल्य कायमै भई कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै, सोमबार  तेजाबी सुन प्रतितोला १ लाख २ हजार ७ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । आइतबार पनि सोही मूल्यमा कारोबार भएको थियो ।

आज चाँदीको मूल्य पनि स्थिर रहेको छ । हिजो तोलाको १ हजार २ सय ९० रुपैयाँमा कारोबार भएको चाँदी सोमबार पनि सोही मूल्य कायमै भई कारोबार भएको महासंघले जनाएको छ ।

You might also like

Comments are closed.