तोलामा २ सयले घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । सोमबार स्थिर रहेको सुनकाे मूल्य  मंगलबार भने घटेको छ । सोमबारको तुलनामा मंगलबार छापावाल सुनकाे मूल्य  प्रतितोला २ सय रुपैयाँले घटेको हो ।

सोमबार तोलाको १ लाख ३ हजार २ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनमूल्य  मंगलबार २ सय रुपैयाँले घटी तोलाको १ लाख ३ हजार रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

त्यस्तै, मंगलबार तेजाबी सुनकाे  मूल्य प्रतितोला १ लाख २ हजार ५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । हिजो तेजाबी सुनकाे मूल्य प्रतितोला १ लाख २ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यसैगरी, चाँदीकाे मूल्य मंगलबार पनि स्थिर रहेको छ । सोमबार तोलाको १ हजार २ सय ९० रुपैयाँमा कारोबार भएको चाँदी मंगलबार पनि सोही मूल्य कायमै भई कारोबार भइरहेको महासंघले जनाएको छ ।

You might also like

Comments are closed.