काठमाडौं । बुधबार स्थिर रहेको सुनको मूल्य बिहीबार भने घटेको छ । बिहीबार छापावाल सुन तोलामा ५ सय रुपैयाँले घटेको हाे ।
आज तोलामा ५ सय रुपैयाँले घटेसँगै छापावाल सुन प्रतितोला १ लाख २ हजार ५ सय रुपैयाँ कायम भई कारोबार भइरहेको नेपाल सुनचाँदी महासंघले जनाएको छ । बुधबार छापावाल सुन तोलाको १ लाख ३ हजार रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै, बिहीबार तेजाबी सुन प्रतितोला १ लाख २ हजार रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । त्यसैगरी, चाँदीको मूल्य बिहीबार तोलामा १० रुपैयाँले घटेको छ ।
तोलामा १० रुपैयाँले घटेसँगै आज चाँदी तोलाको १ हजार २ सय ८५ रुपैयाँमा कारोबार भइरहेकाे महासंघले जनाएको छ । बुधबार चाँदी तोलाको १ हजार २ सय ९५ रुपैयाँमा कारोबार भएको थियो ।
Comments are closed.