काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार सुनचाँदी दुबैको मूल्य घटेको छ । पछिल्लो समय नेपाली बजारमा सुनचाँदीको मूल्यमा लगातार गिरावट आइरहेको छ । आइतबार छापावाल सुन प्रतितोला ४ सय रुपैयाँले घटेको छ ।
आज तोलामा ४ सय रुपैयाँले घटेसँगै छापावाल सुन प्रतितोला १ लाख २ हजार रुपैयाँ कायम भई कारोबार भइरहेको नेपाल सुनचाँदी महासंघले जनाएको छ । शुक्रबार छापावाल सुन तोलाको १ लाख २ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै, आइतबार तेजाबी सुन प्रतितोला १ लाख १ हजार ५ सय रुपैयाँ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । त्यसैगरी, चाँदीको मूल्य आइतबार तोलामा १५ रुपैयाँले घटेको छ ।
तोलामा १५ रुपैयाँले घटेसँगै आइतबार चाँदी तोलाको १ हजार २ सय ६० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
Comments are closed.