आज सुनचाँदीको मूल्य स्थिर, तोलाको कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । आइतबार र सोमबार घटेको सुनचाँदीको मूल्य मंगलबार भने स्थिर रहेको छ । सोमबार तोलाको १ लाख १ हजार ८ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य मंगलबार पनि सोही मूल्य कायमै भई कारोबार भइरहेको महासंघले जनाएको छ ।

त्यस्तै, सोमबार तोलाको १ लाख १ हजार ३ सय रुपैयाँमा कारोबार भएको तेजाबी सुन मंगलबार पनि सोही मूल्य कायमै भई कारोबार भइरहेको महासंघले जनाएको छ ।

त्यसैगरी, चाँदीको मूल्य मंगलबार स्थिर हुँदै सोमबार तोलाको १ हजार २ सय ५५ रुपैयाँमा कारोबार भएको आज पनि सोही मूल्यमा कारोबार भइरहको महासंघले जनाएको छ ।

केही समय अगाडि मात्र छापावाल सुन तोलाको १ लाख ७ हजार भन्दा बढी र चाँदी तोलाको १४ सय भन्दाबढी पुगेको थियो । तर पछिल्लो समयमा सुनचाँदीको मूल्य घट्दै आएको छ ।

You might also like

Comments are closed.