सुनको मूल्य पुनः ३ सयले बढ्यो, चाँदी तोलाको कतिमा हुँदैछ कारोबार ?

काठमाडौं ।  साताको पाचौँ कारोबारको दिन बिहीबार सुनको मूल्य बढेको छ । बुधबार तोलामा ५ सय रुपैयाँले बढेको छापावाल सुन बिहीबार पनि पुनः तोलामा ३ सय रुपैयाँले बढेको छ ।

तोलामा ३ सय रुपैयाँले बढी बिहीबार छापावाल सुन प्रतितोला १ लाख २ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । बुधबार छापावाल सुन तोलाको १ लाख २ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, आज तेजाबी सुन प्रतितोला १ लाख २ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । मंगलबार तेजाबी सुन प्रतितोला १ लाख १ हजार ८ रुपैयाँमा कारोबार भएको थियो ।

त्यसैगरी, चाँदीको मूल्य भने आज स्थिर रहेको छ । बुधबार तोलाको १ हजार २ सय ७० रुपैयाँमा कारोबार भएको चाँदी बिहीबार पनि सोही मूल्य कायमै भई कारोबार भइरहेको महासंघले जनाएको छ । सुनचाँदीको मूल्य पछिल्लो समयमा उतारचढावको स्थितिमा छ । बजारमा अमेरिकन डलरको मूल्य पनि त्यति घट्न सकेको छैन भने सुनको मूल्य पनि केही महिना यता सुनको मूल्य १ लाख भन्दा मुनी झर्न सकेको छैन । जसको कारण आममानिसलाई सुन किन्न हम्मेहम्मे परिरहेको छ ।

नेपालमा विशेष गरी विवाहको सिजनमा बढी सुनको कारोबार हुने गर्छ तर सुनको मूल्य आकासिएसँगै धनी वर्गको लागि खासै असर नदेखिएपनि अरु आमनागरिकलाई भने असर परको देखिन्छ ।

You might also like

Comments are closed.