काठमाडौं । मंगलबार घटेको सुनचाँदीको मूल्य बुधबार पनि पुनः ओरालो लागेको छ । बुधबार छापावाल सुन तोलामा १ हजार रुपैयाँले घटेको छ ।
तोलामा १ हजार रुपैयाँले घटेसँगै छापावाल सुन प्रतितोला १ लाख १ हजार ५ सय रुपैयाँ कायम गरी कारोबार तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । मंगलबार छापावाल सुनको मूल्य प्रतितोला १ लाख २ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।
महासंघका अनुसार आज तेजाबी सुनको मूल्य तोलामा १ लाख १ हजार रुपैयाँ तोकिएको छ । हिजो तेजाबी सुनको मूल्य प्रतितोला १ लाख २ हजार रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै, आज चाँदीको मूल्य तोलामा ४० रुपैयाँ घटेको छ । तोलामा ४० रुपैयाँले घटेसँगै आज चाँदी तोलाको १ हजार २२५ रुपैयाँ कायम भई कारोबार भइरहेको महासंघले जनाएको थियो । हिजो चाँदी तोलाको १ हजार २ सय ६५ रुपैयाँमा कारोबार भएको थियो ।
महासंघले अन्तर्राष्ट्रिय बजारमा हुने सुन तथा चाँदीको कारोबार मूल्यका आधारमा यहाँ दैनिक सुन तथा चाँदीका मूल्य तोक्दै आएको छ ।
Comments are closed.