एकैदिन २ हजार ९ सयले बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । पछिल्लो समयमा सुनचाँदीको मूल्यले लगातार नयाँ रकेड बनाइरहेको छ । साताको पहिलो कारोबार दिन आइतबार छापावाल सुन प्रतितोला २ हजार ९ सय रुपैयाँले बढेर नयाँ रेकड बनाएकाे हाे ।

तोलामा २ हजार ९ सय रुपैयाँले बढेसँगै आइतबार छापावाल सुन प्रतितोला १ लाख १० हजार रुपैयाँ कायम भई कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । शुक्रबार छापावाल सुन १ लाख ७ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, आइतबार तेजाबी सुन प्रतितोला १ लाख ९ हजार ५ सय रुपैयाँ कायम भई करोबार भइरहेको महासंघले जनाएको छ ।

jutta mela

त्यसैगरी, आइतबार चाँदी पनि आज तोलामा ३५ रुपैयाँले बढेको छ ।तोलामा ३५ रुपैयाँले बढेसँगै आइतबार चाँदी प्रतितोला १ हजार ३ सय ४५ रुपैयाँ कायम भइ कारोबार भइरहेको महासंघले जनाएको छ । शुक्रबार चाँदी तोलाको १ हजार ३ सय १० रुपैयाँमा कारोबार भएको थियो ।

You might also like

Comments are closed.