सोमबार घट्यो सुनचाँदीको मूल्य, तोलाको कतिमा हुँदैछ किनबेच ?

काठमाडौं । पछिल्लो समयमा लगातार उकालो लागेको सुनचाँदीको मूल्य सोमबार भने सामान्य ओरालो लागेको छ ।

आइतबार एकैदिन तोलामा २९ सयले बढेको छापावाल सुन सोमबार भने तोलामा ७ सयले घटेको छ । आइतबार छापावाल सुनले सुनचाँदी बजारमा नयाँ रेकड कायम गरेको थियो ।

तोलामा ७ सय रुपैयाँले घटेसँगै सोमबार छापावाल सुनको मूल्य प्रतितोला १ लाख ९ हजार ३ सय रुपैयाँ कायम भई कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । आइतबार छापावाल सुन १ लाख १० हजार रुपैयाँमा कारोबार भएको थियो ।

jutta mela

त्यस्तै,सोमबार तेजाबी सुनको मूल्य प्रतितोला १ लाख ८ हजार ८ सय रुपैयाँ कायम भई करोबार भइरहेको महासंघले जनाएको छ । आइतबार तेजाबी सुनको मूल्य तोलाको १ लाख ९ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यसैगरी, सोमबार चाँदी पनि तोलामा १५ रुपैयाँले घटेको छ । तोलामा १५ रुपैयाँले घटसँगै सोमबार चादी प्रतितोला १ हजार ३ सय ३० रुपैयाँ कायम भइ कारोबार भइरहेको महासंघले जनाएको छ । आइतबार चाँदी तोलाको १ हजार ३ सय ४५ रुपैयाँमा कारोबार भएको थियो ।

You might also like

Comments are closed.