एकैदिन २ हजारले घट्यो सुनको मूल्य, तोलाको कति पुग्यो ?

काठमाडौं । मंगलबार बढेको सुनचाँदीको मूल्य बुधबार भने फेरि घटेको छ । मंगलबार तोलामा ५ सय रुपैयाँले बढेको सुनको मूल्य बुधबार भने तोलामा एकैदिन २ हजार रुपैयाँले घटेको छ ।

आइतबार एकैदिन तोलामा २९ सय रुपैयाँ बढेर सुनको हालसम्मकै उच्च मूल्य तोलाको १ लाख १० हजार पुगि नयाँ रेकड बनाएको थियो ।

तोलामा २ हजार रुपैयाँले घटेसँगै बुधबार छापावाल सुनको मूल्य प्रतितोला १ लाख ७ हजार ८ सय रुपैयाँ कायम भई कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । मंगलबार छापावाल सुन १ लाख ९ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो ।

jutta mela

त्यस्तै, बुधबार तेजाबी सुनको मूल्य प्रतितोला १ लाख ७ हजार ३ सय रुपैयाँ कायम भई करोबार भइरहेको महासंघले जनाएको छ । मंगलबार तेजाबी सुनको मूल्य तोलाको १ लाख ९ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यसैगरी, बुधबार चाँदी पनि तोलामा ५ रुपैयाँले घटेको छ ।  तोलामा ५ रुपैयाँले घटेसँगै चाँदी आज तोलाको १ हजार ३ सय ३५ रुपैयाँ कायम भई कारोबार भइरहेको महासंघले जनाएको छ ।

You might also like

Comments are closed.