बढ्यो सुनचाँदीको मूल्य, तोलाको आज कतिमा हुँदैछ किनबेच ?

काठमाडौं ।  लगातार घटेको सुनचाँदीको मूल्य बुधबार भने बढेको छ । मंगलबार एकैदिन तोलामा १ हजार रुपैयाँले घटेको छापावाल सुनको मूल्य बुधबार भने तोलामा ५ सय रुपैयाँले बढेको हो ।

तोलामा ५ सय रुपैयाँले बढेसँगै आज छापावाला सुनको मूल्य प्रतितोला १ लाख ८ हजार ५ रुपैयाँ कायम भई कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । मंगलबार छापावाल सुन तोलाको १ लाख ८ हजार रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार तेजाबी सुन प्रतितोला १ लाख ८ हजार रुपैयाँ कायम भई कारोबार भइरहेको छ । मंगलबार तेजाबी सुन प्रतितोला १ लाख ७ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।

jutta mela

त्यसैगरी, बुधबार चाँदी तोलामा १० रुपैयाँले बढेको छ । तोलामा १० रुपैयाँले बढेसँगै आज चाँदी प्रतितोला १ हजार ३ सय ६५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । हिजो चाँदी तोलाको १ हजार ३ सय ५५ रुपैयाँमा कारोबार भएको थियो ।

You might also like

Comments are closed.