सुनको मूल्य तोलामा ३ सयले घट्यो, चाँदी कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । साताको पाचौँ कारोबार दिन बिहीबार छापावाल सुन घटेको छ । बुधबार तोलामा ५ सयले बढेको छापावाल सुन बिहीबार फेरि तोलामा ३ सय रुपैयाँले घटेको हो ।

तोलामा ३ सय रुपैयाँले घटेसँगै आज छापावाला सुनको मूल्य प्रतितोला १ लाख ८ हजार २ रुपैयाँ कायम भई कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । बुधबार छापावाल सुन तोलाको १ लाख ८ हजार ५ रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार तेजाबी सुन प्रतितोला १ लाख ७ हजार ७ हजार रुपैयाँ कायम भई कारोबार भइरहेको छ । बुधबार तेजाबी सुन प्रतितोला १ लाख ८ हजार रुपैयाँमा कारोबार भएको थियो ।

jutta mela

त्यसैगरी, बिहीबार चाँदी तोलामा पुनः १० रुपैयाँले बढेको छ । तोलामा १० रुपैयाँले बढेसँगै आज चाँदी प्रतितोला १ हजार ३ सय ७५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । हिजो चाँदी तोलाको १ हजार ३ सय ६५रुपैयाँमा कारोबार भएको थियो ।

 

You might also like

Comments are closed.