तोलामा ६ सयले घट्यो सुनको मूल्य, चाँदीको कतिमा हुँदैछ कारोबार ?

काठमाडौं ।  साताको पहिलो कारोबार दिन आइतबार सुनको मूल्य घटेको छ । आइतबार सुनको मूल्य तोलामा ६ सय रुपैयाँले घटेको हो ।

तोलामा ६ सयले घटेसँगै आज छापावाला सुनको मूल्य प्रतितोला १ लाख ८ हजार ६ रुपैयाँ कायम भई कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।शुक्रबार छापावाल सुन तोलाको १ लाख ९ हजार २ रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार तेजाबी सुन प्रतितोला १ लाख ८ हजार १ हजार रुपैयाँ कायम भई कारोबार भइरहेको छ ।

jutta mela

त्यसैगरी, आइतबार चाँदी तोलामा १० रुपैयाँले बढेको छ । तोलामा १० रुपैयाँले बढेसँगै आज चाँदी प्रतितोला १ हजार ४ सय १० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

You might also like

Comments are closed.