काठमाडौं । साताको दोस्रो कारोबार दिन सोमबार पनि सुनको मूल्य घटेको छ । आइतबार तोलामा ६ सयले घटेको छापावाल सुन सोमबार पनि ६ सय रुपैयाँले घटेको हो ।
तोलामा ६ सयले घटेसँगै आज छापावाला सुनको मूल्य प्रतितोला १ लाख ८ हजार रुपैयाँ कायम भई कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । आइतबार छापावाल सुन तोलाको १ लाख ८ हजार ६ रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै, नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार तेजाबी सुन प्रतितोला १ लाख ७ हजार ५ सय रुपैयाँ कायम भई कारोबार भइरहेको छ ।
त्यसैगरी, सोमबार चाँदी तोलामा २० रुपैयाँले घटेको छ । तोलामा २० रुपैयाँले घटेसँगै आज चाँदी प्रतितोला १ हजार ३ सय ९० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । हिजाे चाँदी प्रतितोला १ हजार ४ सय १० रुपैयाँमा कारोबार भएको थियो ।
Comments are closed.