एकैदिन १ हजारले बढ्यो सुनको मूल्य, तोलाको कति पुग्यो त ?

काठमाडौं । साताको तेस्रो कारोबार दिन मंगलबार सुनचाँदीको मूल्य बढेको हो । आइतबार र सोमबार दुई दिनमा १२ सय रुपैयाँले घटेको छापावाल सुन मंगलबार भने तोलामा १ हजार रुपैयाँले बढेको छ ।

तोलामा १ हजार रुपैयाँले बढेसँगै आज छापावाला सुनको मूल्य प्रतितोला १ लाख ९ हजार रुपैयाँ कायम भई कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । सोमबार छापावाल सुन तोलाको १ लाख ८ हजार रुपैयाँरुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार तेजाबी सुन प्रतितोला १ लाख ८ हजार ५ सय रुपैयाँ कायम भई कारोबार भइरहेको छ । सोमबार तेजाबी सुन प्रतितोला १ लाख ७ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यसैगरी, मंगलबार चाँदी तोलामा १० रुपैयाँले बढेको छ । तोलामा १० रुपैयाँले बढेसँगै आज चाँदी प्रतितोला १ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । हिजो चाँदी प्रतितोला १ हजार ३ सय ९० रुपैयाँमा कारोबार भएको थियो ।

You might also like

Comments are closed.