काठमाडौं । बुधबार नेपाली बजारमा सुनचाँदीको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ । मंगलबार तोलामा १ हजारले बढेको सुनको मूल्य बुधबार पनि पुनः तोलामा २ हजार रुपैयाँले बढेको छ।
तोलामा २ हजार रुपैयाँले बढेसँगै आज छापावाला सुनको मूल्य प्रतितोला १ लाख ११ हजार रुपैयाँ कायम भई कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । मंगलबार छापावाल सुन तोलाको १ लाख ९ हजार रुपैयाँरुपैयाँमा कारोबार भएको थियो । नेपाली बजारमा सुनको मूल्य अहिलेसम्मकै उच्च भई फेरि नयाँ रेकड बनाएको छ ।
यस्तै, नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार तेजाबी सुन प्रतितोला १ लाख १० हजार ५ सय रुपैयाँ कायम भई कारोबार भइरहेको छ । मंगलबार तेजाबी सुन प्रतितोला १ लाख ८ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।
त्यसैगरी, बुधबार चाँदी तोलामा ४० रुपैयाँले बढेको छ । तोलामा ४० रुपैयाँले बढेसँगै आज चाँदी प्रतितोला १ हजार ४ सय ४० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । हिजो चाँदी प्रतितोला १ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो ।
Comments are closed.