काठमाडौं ।बुधबार तोलामा २ हजारले बढेको छापावाल सुनको मूल्य बिहीबार भने घटेको छ । बिहीबार छापावाल सुन तोलामा ८ सय रुपैयाँले घटेको छ ।
तोलामा ८ हजार रुपैयाँले घटेसँगै आज छापावाला सुनको मूल्य प्रतितोला १ लाख १० हजार २ सय रुपैयाँ कायम भई कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । बुधबार छापावाल सुन तोलाको १ लाख ११ हजार रुपैयाँमा कारोबार भएको थियो । नेपाली बजारमा हिजो सुनको मूल्य अहिलेसम्मकै उच्च भई फेरि नयाँ रेकड बनाएको थियो ।
यस्तै, नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार तेजाबी सुन प्रतितोला १ लाख ९ हजार ६ सय ५० रुपैयाँ कायम भई कारोबार भइरहेको छ । बुधबार तेजाबी सुन प्रतितोला १ लाख १० हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।
त्यसैगरी, बिहीबार चाँदी तोलामा ५ रुपैयाँले घटेको छ । तोलामा ५ रुपैयाँले घटेसँगै आज चाँदी प्रतितोला १ हजार ४ सय ३५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । हिजो चाँदी प्रतितोला १ हजार ४ सय ४० रुपैयाँमा कारोबार भएको थियो ।
Comments are closed.