काठमाडौं । बिहीबार तोलामा ८ सय रुपैयाँले घटेको छापावाल सुन शुक्रबार भने फेरि तोलामा ८ सय रुपैयाँले बढेको हो ।
तोलामा ८ हजार रुपैयाँले बढसँगै आज छापावाला सुनको मूल्य प्रतितोला १ लाख ११ हजार रुपैयाँ कायम भई कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
बिहीबार छापावाल सुन तोलाको १ लाख १० हजार २ रुपैयाँमा कारोबार भएको थियो । यस्तै, नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार तेजाबी सुन प्रतितोला १ लाख १० हजार ९ सय ५० रुपैयाँ कायम भई कारोबार भइरहेको छ ।
त्यसैगरी, शुक्रबार चाँदी तोलामा ५ रुपैयाँले बढेको छ । तोलामा ५ रुपैयाँले बढेसँगै आज चाँदी प्रतितोला १ हजार ४ सय ४० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । हिजो चाँदी प्रतितोला१ हजार ४ सय ३५ रुपैयाँमा कारोबार भएको थियो ।
Comments are closed.