काठमाडौं । सुनको मूल्य मंगलबार ५०० रुपैयाँले बढेर कारोबार भएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुन तोलाको एक लाख नौ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो भने आज छापावाल सुनको मूल्य तोलामा ५०० ले बढेर एक लाख नौ हजार ८०० रुपैयाँमा कारोबार भएको छ ।
आज तेजाबी सुन तोलाको एक लाख नौ हजार ३०० रुपैयाँमा कारोबार भएको छ । यस्तै, मंगलबार चाँदीको मूल्य पनि तोलामा ५ रुपैयाँले बढेर एक हजार ४३५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
Comments are closed.