काठमाडौं । बुधबार सुनको मूल्य तोलामा एक हजार रुपैयाँले बढेर कारोबार भएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा एक हजार रुपैयाँले बढेर एक लाख १० हजार ८०० रुपैयाँमा कारोबार भएको हो । मंगलबार छापावाल सुन प्रतितोला एक लाख नौ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै, तेजाबी सुन प्रतितोला एक लाख १० हजार २५० रुपैयाँमा करोबार भएको छ ।
आज चाँदीको मूल्य पनि तोलामा १५ रुपैयाँले बढेर प्रतितोला एक हजार ४५० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।
Comments are closed.