सुनको मूल्य तोलामा ९०० रुपैयाँले घट्यो

काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार सुनको मूल्य घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य तोलामा ९०० रुपैयाँले घटेर एक लाख नौ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन उक्त सुन तोलाको एक लाख १० हजार २०० मा कारोबार भएको थियो ।

jutta mela

तेजाबी सुन तोलाको एक लाख आठ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ ।

आज चाँदीको मूल्य पनि तोलामा पाँच रुपैयाँले घटेको छ । चाँदी तोलाको एक हजार ४४० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

You might also like

Comments are closed.