सोमबार सुनको भाउ स्थिर

काठमाडाैं ।  सोमबार सुनको भाउ स्थिर रहेको छ । सुन आज आइतबारकै भाउमा कारोबार भइरहेको छ । चाँदीको भाउ भने सस्तिएको छ ।

jutta mela

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसारआज छापावाल सुन प्रतितोला एक लाख १० हजार रुपैयाँमा र तेजाबी सुन प्रतितोला एक लाख ९ हजार ५०० रुपैयाँ कायम रहेको छ ।

चाँदी तोलामा १० रुपैयाँले ओरालो लाग्दा प्रतितोला एक हजार ३७५ रुपैयाँमा कारोबार भइरहेको छ । साताको पहिलो दिन, चाँदी तोलामा १५ रुपैयाँले बढेर प्रतितोला एक हजार ३८५ रुपैयाँ पुगेको थियो ।

 

You might also like

Comments are closed.