घट्यो सुनको मूल्य, कतिमा भईरहेको छ कारोबार ?

 

काठमाडौं । सोमबार पनि सुनको मूल्य घटेको छ। आइतबारको तुलनामा सोमबार सुनको मूल्य १ सय रुपैयाँ घटेको हो ।

आज छापावाल सुन प्रतितोला १ लाख ७ हजार ९ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख ७ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

सोमबार चाँदीको मूल्य पनि प्रतितोला २० रुपैयाँ घटेको छ। आइतबार प्रतितोला १ हजार ३ सय ६० रुपैयाँमा कारोबार भएको चाँदी सोमबार प्रतितोला १ हजार ३ सय ४० रुपैयाँमा किनबेच भइरहेको छ।

 

You might also like

Comments are closed.