आज मंगलबार पनि सुनचाँदीको मूल्य घटेको छ । सोमबारको तुलनामा मंगलबार सुनको मूल्य १ हजार ३ सय रुपैयाँले घटेको हो ।
मंगलबार छापावाला सुन प्रतितोला १ लाख ६ हजार ६ सय रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । आज तेजावी सुनको मूल्य पनि प्रतितोला १ हजार ३ सय रुपैयाँले घटेर १ लाख ६ हजार १ सय रुपैयाँमा कारोबार भईरहेको छ ।
आज चाँदीको मूल्य प्रतितोला ३० रुपैयाँ घटेर प्रतितोला १ हजार ३ सय १० रुपैयाँमा कारोबार भइरहेको छ ।
Comments are closed.