सुनको मूल्य हालसम्मकै उच्च, एकैदिन बढ्यो १ हजार ६ सय रुपैयाँ

काठमाडौं । बुधबार पनि सुनको मूल्य बढेको छ । मंगलबारको तुलनामा बुधबार सुनको मूल्य १ हजार ६ सय रुपैयाँले बढेको हो ।

बुधबार छापावाला सुन प्रतितोला १ लाख १९ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । त्यसैगरि तेजावी सुन प्रतितोला १ लाख १८ हजार ७ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ ।

बुधबार चाँदीको मूल्य २० रुपैयाँले बढेको छ । आज प्रतितोला १ हजार ५ सय २० रुपैयाँमा कारोबार भइरहेको छ ।

 

You might also like

Comments are closed.