काठमाडौं । मंगलबार सुनको मूल्य बढेको छ । सोमबारको तुलनामा मंगलबार सुनको मूल्य प्रतितोला ५ सय रूपैयाँ बढेको हो।
मंगलबार छापावाल सुन प्रतितोला १ लाख २१ हजार रूपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख २० हजार ४ सय रूपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
मंगलबार चाँदीको मूल्य पनि बढेको छ । सोमबारको तुलनामा मंगलबार चाँदीको मूल्य प्रतितोला ५ रुपैयाँ बढेको हो । प्रतितोला १ हजार ४ सय ५५ रूपैयाँमा कारोबार भएको चाँदी मंगलबार प्रतितोला १ हजार ४ सय ६० रूपैयाँमा कारोबारभइरहेको छ ।
Comments are closed.