बढ्यो सुनको मूल्य, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं । आज शुक्रबार सुनको मूल्य बढेको छ । बिहिबारको तुलनामा शुक्रबार सुनको मूल्य ५ सय रुपैयाँले बढेको हो ।

आज छापावाला सुन प्रतितोला १ लाख १८ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । आज तेजावी सुन प्रतितोला १ लाख १७ हजार ५५० रुपैयाँमा कारोबार भइरहेको छ ।

शुक्रबार चाँदीको मूल्य पनि ५ रुपैयाँले बढेको छ । आज चाँदी १ हजार ३ सय ९५ रुपैयाँमा कारोबार भइरहेको छ ।

 

You might also like

Comments are closed.

Secret Link