काठमाडौं । सुनको मूल्य आज प्रतितोला १ लाख ६० हजार रुपैयाँ पुगेको छ ।
मंगलबार प्रतितोला १ लाख ५८ हजार १ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज प्रतितोला १ हजार ९ सय रुपैयाँले बढेर १ लाख ६० हजार पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । अन्तर्राष्ट्रिय बजारमा भएको मूल्यवृद्धि र आन्तरिक माग बढेपछि स्थानीय बजारमा सुनको मूल्य बढेको हो ।
त्यस्तै चाँदीको मूल्य प्रतितोला २० रुपैयाँ बढेको छ । आज चाँदी प्रतितोला १ हजार ८ सय ९५ रुपैयाँमा कारोबार हुनेछ । अन्तर्राष्ट्रिय बजारमा आज सुनको मूल्य प्रतिऔँस नौ अमेरिकी डलर बढेर दुई हजार ७५२ दशमलव ४९ अमेरिकी डलर पुगेको छ ।
रासस
Comments are closed.