बढ्यो सुन र चाँदीको मूल्य

काठमाडौं । आइतबार नेपाली बजारमा सुनको मूल्य बढेको छ । आज सुनको मूल्य प्रतितोला एघार सय रुपैयाँले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ९२ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ । गत शुक्रबारको बजारमा छापावाल सुन प्रतितोला एक लाख ९१ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो ।

आज चाँदीको मूल्य तोलामा ६५ रुपैयाँले बढेको छ । आइतबार चाँदी प्रतितोला दुई हजार २८५ रुपैयाँमा कारोबार भइरहेको छ । गत शुक्रबारको बजारमा चाँदी प्रतितोला दुई हजार २२० रुपैयाँमा कारोबार भएको थियो ।

You might also like
Ram Tulasi Palpa

Comments are closed.