काठमाडौं । बिहिबार नेपाली बजारमा सुन र चाँदीको मूल्य घटेको छ । यस दिन सुन प्रतितोला ८०० रुपैयाँले घटेको हो भने चाँदी तोलामा ४० रुपैयाँले घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, आज छापावाल सुन प्रतितोला एक लाख ९३ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ । हिजो बुधबारको बजारमा छापावाल सुन प्रतितोला एक लाख ९४ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो ।
आज बजारमा चाँदी प्रतितोला दुई हजार २७० रुपैयाँ खरिदबिक्री भइरहेको छ । बुधबारको बजारमा चाँदी प्रतितोला दुई हजार ३१० रुपैयाँमा कारोबार भएको थियो ।
Comments are closed.