काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्यमा ठूलो वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज ९मंगलबार० सुनको मूल्य प्रतितोला ८ हजार १०० रुपैयाँले बढ्दै २ लाख ४८ हजार ५ सय रुपैयाँ पुगेको छ ।
यसअघि सोमबार सुनको मूल्य प्रतितोला २ लाख ४० हजार ४०० रुपैयाँमा कारोबार भएको थियो। एकै दिनमा आएको यो तीव्र वृद्धि पछिल्ला दिनमा सुनको मूल्यमा देखिएको अस्थिरतासँग जोडिएको मानिन्छ ।
चाँदीको मूल्य पनि आज तोलामा ०५ रुपैयाँले बढेर ऐतिहासिक उचाई बनाएको छ । मंगलबारको बजारमा चाँदी प्रतितोला तीन हजार ३२५ रुपैयाँमा खरिदबिक्री भइरहेको छ । सोमबारको बजारमा चाँदी प्रतितोला तीन हजार २२० रुपैयाँमा खरिदबिक्री भएको थियो ।
अन्तर्राष्ट्रिय बजारमा सुनको दरमा भइरहेको उतारचढाव र अमेरिकी डलरको मजबूतीका कारण नेपाली बजारमा समेत सुनको मूल्य निरन्तर उक्लिँदो क्रममा रहेकाे छ ।








Comments are closed.