दिनहुँ नयाँ रेकर्ड बनाउदै सुनको मूल्य

काठमाडौं । बुधबार नेपाली बजारमा सुनको मूल्यले बढेर रेकर्ड ब्रेक गरेको छ । आज सुनको मूल्य प्रतितोला ४०० रुपैयाँले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला २ लाख ४८ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ । सो मूल्य हालसम्मको उच्च हो । मंगलबारको बजारमा छापावाल सुन प्रतितोला २ लाख ४८ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो । सो मूल्यलाई ब्रेक गर्दै आज सुनको मूल्यले नयाँ उचाई बनाएको हो ।

यस दिन चाँदीको मूल्य भने तोलामा ८५ रुपैयाँले घटेको छ ।  बुधबारको बजारमा चाँदी प्रतितोला तीन हजार २४० रुपैयाँमा खरिदबिक्री भइरहेको छ ।  मंगलबारको बजारमा चाँदी प्रतितोला तीन हजार ३२५ रुपैयाँमा खरिदबिक्री भएको थियो । सो मूल्य नै हालसम्मको उच्च हो ।

You might also like

Comments are closed.