निरन्तर नयाँ रेकर्ड कायम गर्दै सुन, तोलामा नै ७ हजार १०० रुपैयाँले बढ्यो

काठमाडौं । शुक्रबार नेपाली बजारमा सुन र चाँदीको मूल्य बढेर नयाँ रेकर्ड कायम गरेको छ । आज सुनको मूल्य प्रतितोला ७ हजार १०० रुपैयाँले बढेर रेकर्ड काया गरेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला २ लाख ५८ हजार रुपैयाँमा कारोबार भइरहेको छ । सो मूल्य हालसम्मको उच्च हो । बिहीबारको बजारमा छापावाल सुन प्रतितोला २ लाख ५० हजार ९०० रुपैयाँमा कारोबार भएको थियो । सो मूल्यलाई ब्रेक गर्दै आज सुनको मूल्यले नयाँ उचाई बनाएको हो । पछिल्ला दिन सुनको मूल्यले निरन्तरको रेकर्ड ब्रेक गर्दै बढेको हो ।

आज चाँदीको मूल्य पनि तोलामा ७५ रुपैयाँले बढेर रेकर्ड ब्रेक गरेको छ । शुक्रबारको बजारमा चाँदी प्रतितोला तीन हजार ३५० रुपैयाँमा खरिदबिक्री भइरहेको छ । बिहिबा् चाँदी तोलाको तीन हजार ३२५ रुपैयाँको उचाई लाई ब्रेक गर्दै आज नयाँ उचाई बनाएको हो । बिहीबारको बजारमा चाँदी प्रतितोला तीन हजार २ हजार ७५ रुपैयाँमा खरिदबिक्री भएको थियो ।

You might also like

Comments are closed.