काठमाडौं । सुनचाँदी बजारमा साेमबार छापावाल सुनको मूल्य प्रतितोला एक हजार ६ सय रूपैयाँले बढेर ९८ हजार २ सय रूपैयाँ पुगेको छ । पहेँलो धातु अघिल्लो दिन प्रतितोला ९६ हजार ६ सय रूपैयाँमा कारोबार भएको थियोे ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९७ हजार ७ सय रूपैयाँ तोकिएको छ । जसको मूल्य आइतबार प्रतितोला ९६ हजार १ सय रूपैयाँ थियो ।
त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला ४५ रूपैयाँले बढेर एक हजार ३ सय ४० रूपैयाँ पुगेको महासङ्घले जनाएको छ ।
महासङ्घले अन्तर्राष्ट्रिय बजारमा सुन तथा चाँदीका मूल्यमा हुने उतारचढावका आधारमा यहाँ दैनिक कारोबार मूल्य तोक्दै आएको छ । अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस एक हजार ९०७ डलर आसपास कारोबार भइरहेको छ ।
Comments are closed.