काठमाडौं । आज सुन चाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज चैत १ गते सुनको मूल्य तोलामा ४८ सय रुपैयाँले घटेको हो ।
यससँगै आज सुनको मूल्य तोलामा ३ लाख ९ हजार ४ सय रुपैयाँ पुगेको छ । गत शुक्रबार सुन प्रतितोला ३ लाख १४ हजार २ सय रुपैयाँमा किनबेच भएको थियो ।
यसैगरी, आज चाँदीको मूल्य पनि घटेको छ । आज चाँदी तोलामा २२५ रुपैयाँले घटेको हो । यससँगै आज चाँदी तोलामा ५ हजार २७० रुपैयाँमा कारोबार भइरहेको छ । गत शुक्रबार चाँदी तोलामा ५ हजार ४९५ रुपैयाँमा कारोबार भएको थियो ।





Comments are closed.