काठमाडौं । नेपाली बजारमा आज फेरि सुनको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुन तोलामा ४०० रुपैयाँले वृद्धि भई प्रतितोला १ लाख ९५ हजार २०० रुपैयाँ पुगेको छ।
अघिल्लो कारोबारको दिन सुनको मूल्य प्रतितोला १ लाख ९४ हजार ८०० रुपैयाँ थियो। यसैगरी, चाँदीको मूल्य पनि तोलामा २० रुपैयाँले बढेर प्रतितोला २ हजार ३१० रुपैयाँ मा कारोबार भइरहेको महासंघले जनाएको छ।
Comments are closed.