सुनकाे मूल्यमा रेकर्ड ब्रेक, तोलाको १ लाख ९० हजार नाघ्यो

काठमाडाैं। बिहिबार नेपाली बजारमा सुनकाे मूल्यले हालसम्मकै उच्च बिन्दु कायम गरेकाे छ । सुनको मूल्य आज एकैदिन प्रतितोला ३ हजार ६ सय रुपैयाँ बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले आजका लागि छापावाल सुनको भाउ प्रतितोला १ लाख ९० हजार ६ सय रुपैयाँ तोकेको छ । हिजाे छापावाल सुन प्रतितोला १ लाख ८७ हजार रुपैयाँमा काराेबार भएकाे थियाे ।

यस्तै बिहीबार चाँदीको मूल्य पनि तोलामा ५ रुपैयाँले बढेको छ। बुधबार प्रतितोला एक हजार नौ सय ५५ रूपैयाँमा कारोबार भएको चाँदी आज प्रतितोला एक हजार नौ सय ६० रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

यसदिन अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस ३३ सय ३७ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

You might also like

Comments are closed.