सुनको मूल्यले रेकर्ड बनाउने क्रम जारी, फेरि बढयो कारोबार रकम

काठमाडौं । बुधबार नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ । आज सुनको मूल्य प्रतितोला दुई हजार रुपैयाँले बढेर नयाँ रेकर्ड बनाएको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ७ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबारको बजारमा छापावाला सुन प्रतितोला दुई लाख ५ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो । सुनको मूल्यले निरन्तर नयाँ रेकर्ड बनाएको आज पाँचौ दिन हो ।

पछिल्ला दिनहरूमा निरन्तर रेकर्ड बनाइरहेको चाँदीको मूल्य भने आज सामान्य घटेको छ । यस दिन चाँदी तोलामा ५ रुपैयाँले घटेको छ । बुधबारको बजारमा चाँदी तोलाको दुई हजार ४८० रुपैयाँमा खरिद बिक्री भइरहेको छ । मंगलबारको बजारमा चाँदी तोलाको दुई हजार ४८५ रुपैयाँमा कारोबार भएको थियो । जुन हालसम्मकै उच्च हो ।

You might also like

Comments are closed.