काठमाडौं । नेपाली बजारमा आज सुन चाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ७ सय रुपैयाँले बढेको हो । यससँगै आज सुन तोलामा २ लाख १७ हजार ८ सय रुपैयाँ कायम भएको छ । यो हालसम्मकै उच्च मूल्य हो ।
हिजो सुनको भाउ तोलामा २ लाख १७ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै, आज चाँदीको हालसम्मकै उच्च भएको छ । आज चाँदीको मूल्य ३० रुपैयाँले बढेको छ । यससँगै आज चाँदी २६ सय ५० रुपैयाँ कायम भएको छ। यो हालसम्मकै उच्च मूल्य हो ।
हिजो चाँदीको मूल्य प्रतितोला २६ सय २० रुपैयाँमा कारोबार भएको थियो ।
Comments are closed.